Wednesday, October 21For your kind information
Shadow

छ जना बच्चा खाने चितुवा म’ रेको अबस्थामा फेला, गाउँलेको भागदौड (भिडियो सहित)

तनहुँ, ३० कात्तिक ।

जिल्लाको भानु नगरपालिकामा केहि महिना अघि ६ जना बच्चाहरुलाई आ क्रमण गरेर मा रेको नरभक्षी चितुवा अन्ततः मृ त अवस्थामा फेला परेको छ । स्थानीय महिलाहरु घाँस काट्न गएको समयमा मृ त चितुवालाई पासोमा परेर मृ त्यु भएको अवस्थामा फेला पारेका हुन् । चितुवा मृ त अवस्थामा भेटिएसँगै स्थानीयमा देखिएको त्रास भने घटेको छ ।

यस अघि पनि तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा परेको थियो । स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ‘८र९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख केदार बरालले भने ‘करिब ४० किलो जत्तिको सानो कदको छ ।’

चितुवा परेसंगै स्थानीयहरुको हेर्नका लागी ठूलो भिड थियो भने गाउँलेहरुले मार्नु पर्ने भन्दै होहल्ला गरेपछि जोगाएर चितवन राष्ट्रिय निकुन्ज पठाईएको थियो । स्थानीयहरुले मान्छे खाने चितुवालाई मा र्न पाउनुपर्ने माग राखेका थिए । समातिएको चितुवालाई मार्न नहुने भन्दै डिभिजन बन कार्यालयले चितवन पठाएको हो । म रेको चितुवा हेर्न स्थानीयको भिड भिडियोमा हेर्नुहोस्-