Friday, October 30For your kind information
Shadow

पुर्वराजा ज्ञानेन्द्रको खतरा नाचको भिडियो भाइरल: लोड क्लबमा देखियो शाह परिवार

एसियाकै उत्कृष्ट दश क्लबमध्येमा पर्ने ठमेलको नाइट क्लब ‘लड’ मा पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार मध्यराति सपरिवार रमाइलो गर्न पुगेका छन् ।

पूर्वराज परिवारका सदस्यहरु क्लबमा अचानक आइपुगेपछि क्लबको माहोल नै अकैं भएको थियो । पूर्पराजा ज्ञानेन्द्र शाहले क्लबमा आफैले मात्र रमाइलो गरेनन्उ।

उनले सर्वसाधारणसँग सेल्फी खिच्नेदेखि उनीहरुसँगै नाच्नेसम्म गरे । पूर्वराजा ज्ञानेन्द्र नाती-नातिनीको आग्रहमा अचानक शनिबार रातको १२ बजेपछि ‘लड’ मा छिरेका थिए ।

उनी परिवारका सम्पूर्ण सदस्यहरुसँग राति २ बजेसम्म ‘लड’ मा बसेका थिए । ‘रातो र चन्द्र सूर्य’ गीत बचिरहँदा ग्राउण्डबाट ठूलो हुटिङ आइरहेको थियो भने बाल्कोनीबाट

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी शाहलगायतले नाच्दै हात हल्लाएर सर्वसाधारणलाई साथ दिइरहेका थिए । फर्किने बेलामा पनि डान्स प्लोरमा आर्लिएर पूर्वराजा सर्वसाधारणसँग नाचेका थिए ।

लामो समय क्लबमा विताएपछि उनीहरु निवास फर्केका थिए । पूर्वराज परिवार आउने पूर्वजानकारी नपाएको क्लब ‘लड’ ले अचानक कडा सुरक्षा ब्यवस्था मिलाएको थियो भने पूवराजा स्वयम् आफ्ना सुरक्षाकर्मीसहित त्यहाँ पुगेका थिए ।

हेर्नुहोस पूरा भिडियो ।