Thursday, October 29For your kind information
Shadow

महाकाली नदि किनारमा लास जलाउन पनि दिएन भारतले: भारतको हेपाहा प्रवृत्ति कहिले सम्म (पुरै पढ्नुहोस)

कंच्पनपुर – भारतको हेपाहा प्रवृत्तिले कञ्चनपुरका स्थानीय बासिन्दाहरुलाई महाकाली नदीमा शव अन्येष्टि गर्न समस्या उत्पन्न भएको छ । दुबै देशको साझा नदीका रुपमा रहेको महाकाली नदीको शारदा ब्यारेजका ढोका भारतले आफूखुसि गरेर खोल्दा स्थानीयबासिलाई नदीमा अन्येष्टि गर्ने समस्या भइरहेको छ ।

कुनै बेला लाश जलाएपछि खरानी बगाउनका लागि समेत पानी नदिने भारतले हिजो आज आफूखुसि ब्यारेजका ढोका खोल्दा कर्यौ शवहरु जलि नसक्दै बग्ने गरेको स्थानिय बताउँछन ।

भारतले आफू खुसि शारदा ब्यारेजका ढोका खोल्दा अन्त्येष्टिका लागि महाकाली लगिएका शवहरु जलि नसक्दै बगिरहेका छन् । यस वर्ष एकै महिनामा दुई वटा लास पूर्ण रुपममा जल्न नपाउँदै चितासहित बगेका हुन् ।

कार्तिक ४ गते शुक्लाफाँटा नगरपालिका ५ खजुवाका मनिराम जोशीको महाकालीमा अन्त्येष्टि भइरहेको थियो । त्यहिबेला एकाएक बढेको नदीले जोशीको जल्दै गरेको चिता बगायो । त्यसको १६ दिन पनि नपुग्दै फेरि महेन्द्रनगरकी समुन्द्रादेवी श्रेष्ठकोे चितालाई पनि जलि नसक्दै नदिले बगायो ।

दागबत्ती दिएको केहिबेरमै बगेको श्रेष्ठको चितालाई आफन्तहरुले झण्डै एक किलोमिटर परसम्म खोजे, तर शव भने भेटिएन । कयौँ प्रयास गर्दापनि नभेटिएपछि अन्तत: कुशको लाश बनाएर अन्त्येष्टि गरिएको मृतक समुन्द्रादेवीका आफन्त कमल श्रेष्ठको भनाइ छ ।

नदीमा पानीको बहाव बढ्दै गएपछि मलामी गएकाहरुले ब्यारेजको ढोका बन्द गर्न भारतीयसँग हारगुहार गरे । त्यतिमात्रै होइन एक्कासी पानी बढेपछि महाकालीमा निर्माणाधिन पक्की पुलका कामदारहरुबीच पनि भागाभाग भयो ।

माथिको आदेश भन्दै भारतीय पक्षले अटेरी गरेपछि उनीहरुसँग भनाभन समेत भएको प्रत्यक्षदर्शी रामप्रसाद पाण्डेय बताउँछन् । सारदा ब्यारेजमा १६ वटा ढोकाहरु रहेका छन् । ढोकाको चाबी भारतसँगै हुने भएकाले बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गर्दछ ।

उसै त भारतले हिउँदमा आफ्नो नहर मर्मत गर्न बाहेक अरु बेला प्राय ब्यारेजका ढोका बन्द गर्ने गर्दछ । तर, बर्खामा भने सबै ढोका खोलिदिँदा भीमदत्त र महाकाली नगरपालिकाका अधिकांश क्षेत्र डुवानमा पर्ने गर्दछन् । सरकारलाई यस्तो हेपाहा प्रवृत्तिमाथी ध्यानाकर्षण गराउन सक्दो सियर गरौँ ।