Friday, October 30For your kind information
Shadow

सन्दिप लामिछानेमाथी कर ठगिको आरोप: राष्ट्रिय खेलाडी परे अनुसन्धानमा (पुरै विवरण हेर्नुहोस)

पछिल्लो समय निकै चर्चा कमाएका सफल क्रीक्रेटर सन्दिप लामिछानेले हालसालै काठमाडौंमा करिब ६ करोडको घर किनेका छन । सन्दिपको यस्तो सफलता निकै लोभलाग्दो रहेको छ ।

नयाँ बंगला किने सँगै सन्दिप आर्को समस्यामा पनि फसेका छन । लामिछानेलाई कर छलिको आरोप लागेको छ । आन्तरिक राजस्व बिभागले उनको करको विवरणमाथी छानबिन गरेको छ ।

बंगला खरिद गरेको खबर आएपछी बिभागले छानबिन सुरु गरेको हो । सन्दिपले आयको तुलनामा कर निकै थोरै तिरेको पाइएपछी छानबिन सुरु गरेको आन्तरिक राजस्व बिभागले जनाएको छ ।

सन्दिपले पछिल्लो वर्षमै २ करोड भन्दा धेरै आर्जन गरिसकेका छन । आर्थिक बिधेयक २०७६ का अनुसार सन्दिपले वर्षको करिब ४० लाख रुपैया कर तिर्न पर्ने हुन्छ । गएको वर्ष क्यानडामा भएको ग्लोबल टी २० बाट मात्र सन्दिपले ६० हजार डलर कमाएका थिए ।

बंगलादेश प्रेमियर लिगमा पनि फेरि उनले ६० हजार डलर नै प्राप्त गरेका थिए । त्यसै गरि पाकिस्तान प्रीमियर लिगमा उनले ५० हजार डलर र क्यारेबियन प्रीमियर लिगबाट ७० हजार डलर कमाइसकेका थिए ।

आइपियलमा पनि उनले २० लाख लिएका थिए । यसबाट एजेन्टले पनि पैसा लिने हुँदा उनको बर्सेनि आम्दानी २ करोड भएको खुलेको छ ।

यसैको कर स्वरूप उनले ४० लाख सरकारलाई बुझाउन पर्ने हुन्छ । सन्दिपमाथि अनुसन्धान चलिरहेको छ ।