Saturday, October 24For your kind information
Shadow

भारत भगवानजस्तो छिमेकी र लिपुलेक भारतको हो: मुकुन्दे (पूरा पढ्नुहोला)

यतिबेला नेपालमा सिमा विवादको विषय निकै चर्केको छ । यसै क्रममा समसामायिक विषयमा आफ्नो बिचार प्रस्तुत गरेर चर्चा र आलोचनामा परिरहने मुकुन्द घिमिरे (मुकुन्दे) ले पनि सिमा विवादको विषयमा प्रतिक्रिया दिएका छन ।

उनले सामाजिक सञ्जालमा गरेको पोस्ट यतिबेला चरम चर्चामा रहेको छ । उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस ।

हाम्रा बाउ ठुल्दाइ छुट्टिदा बाख्राको गोठै र सिरुबारी पाखो चरन नै अंश दिएका थिए, पछि दशैंमा दाजुले पनि पोसेको घोर्ले खसी बुबालाई कोसेली दिए ।

भारत माताले महाकाली पारी सर्लक्कै नेपाल छोरिलाई दाइजो दिइन । पछि नेपालले पनि भारतलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता दिएको बुझिन्छ ।

कहिँ नभएका सिमाविद भनिएका हरु पन्चायतको नुनबेसारले केश फुलेका राजावादी खरदारहरु हुन । उनिहरुकै मालिक महेन्द्रले किस्तीमा राखेर कालापानी भारतलाई कोसेली दिएका छन ।

भारतको नक्सालाई विरोधको भाषामा अनावश्यक विज्ञापन गर्ने मण्डलेहरु चाहिँदैन । भगवान्जस्तो छिमेकिका विरुद्ध घृणा फैलाउन पाइँदैन ।

भारतको डरले मान्छे कति मात्रामा दुब्लाए ? इन्डियन आर्मी देखेर ककसको सातो गयो ? के यसको यकिन अध्ययन गर्न एउटा आयोग गर्ने त?

भगवानजस्तो छिमेकी भारतसँग डराउन पर्दैन । उसको आह्रीसले दुबलाउनु हुँदैन, महान हिन्दुस्तान र पवीत्र हिन्दुराज्य आमाछोरिजस्ता हुन ।

भारतमा हिन्दु मुस्लिम दंगा हुनसक्छ? यहाँ नेपालसम्म सामाजिक सद्भाव भंग हुनसक्छ । भत्कियो बाबरी मस्जिद, ठडियो राम मन्दिर, जे जे भयो ठिकै भयो ।