Tuesday, October 27For your kind information
Shadow

प्रधानमन्त्रीले भारतबिरुद्ध गरे यस्तो निर्णय: कालापानी लिपुलेक प्रकरणको पहल सुरु भैसक्यो

प्रधानमन्त्री केपि शर्मा ओलि ले लिपुलेक, कालापानी, सुस्ता लगायत भारतले अतिक्रमण गरेको भुभाग एवम सिमाना विवाद मिलाउन कुटनितिक पहल शुरु गर्नुभएको छ ।

भारत सँग कुरा गर्नु अघि नेपालको पोजिसन क्लियर गर्न प्रधानमन्त्री ओलिले आज विहान परामर्श बैठक गर्नु भएको छ । बैठकमा विपक्षी दलका नेता, पूर्व प्रधानमन्त्री हरु, सीमा विज्ञ लगायतलाई बोलाइएको छ ।

भारतले एकपक्षीय रुपमा जारी गरेको राजनितिक नक्शालाई नेपाल सरकारले अस्विकार गरेको छ । बिहिबार संचार तथा सुचना प्रविधी मन्त्रालयमा गरिएको नियमित पत्रकार

सम्मेलनमा सरकार प्रवक्ता गोकुल बास्कोटाले नक्साको समस्या कुटनितिक र राजनितिक तहबाट समाधान गर्ने बताए । सरकारले भारतले गरेको राजनितिक नक्साबारे

सरकारले प्रराष्ट्र मन्त्रालयमार्फत स्पस्ट धारणा राखेको पनि उनले बताए । उनले कालापानी नेपालकै भएको ऐतिहासिक प्रमाणहरु भएको बताए ।

उनले २०१८ साल मै कालापानीमा नेपालले जनगणना गरेको प्रमाण रहेकोले कालापानी नेपालकै भएको स्पस्ट रहेको बताए । उनले भने, “हामिसँग ऐतिहासिक तथ्य छन ।

हामिसँग भएको प्रमाण नै यथेष्ट छन । हामी सार्वभौम सत्तासँग जोडिएको विषयमा हामी पुरै स्पष्ट छौँ । राष्ट्रिय अखण्डताको रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो ।