Saturday, October 31For your kind information
Shadow

बिजुली को पोल-पोलमा देखिएको ओलि राष्ट्रवाद नालापानी र लिपुलेख मा देखिएन – सचिव रावल

नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् नेपाली कांग्रेस का उदयमान युवा नेता योगेन्द्र रावल ले राष्ट्र को सिमाना मिच्दै गर्दा प्रधानमन्त्री सुतिरहन नमिल्ने बताउनु भयो ।

अरु बेला लाईन लागेर भारत पस्ने नेताहरु रास्ट्रको अस्मिता माथी नै धावा बोल्दा समेत बोल्ने आट नगरेको भन्दै सामाजिक संजाल मा-“नेपाल को स्वाभिमान सगरमाथा को शिर जस्तै अटल हुँदा-हुदै पनि हाम्रो जिन्दगी दुईछाक खाना खानको लागि खाडिमा जुठा भाडा माझ्दै बितिरहेको छ ।

सम्माननिय प्रधानमन्त्री ज्यु! बरु बिमानस्थल थप दुई घण्टा जाम गर्नुस् ,हवाईजहाज रिजर्भ गर्नुस् ,मृगौला पुनः फेर्नुस

पल-पोलमा नयाँ राष्ट्रवाद भन्दै तपाई को पोस्टर टास्नुस् ,तर भारत गएर समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई खुट्टा नकमाई भन्नुस् -नालापानी र लिपुलेख हाम्रा हुन् ।

स्वाभिमान नेपालीलाई कसैको दबाब स्विकार्य छैन| तब मात्र तपाई को अनि हाम्रो शिर उच्च हुनेछ अन्यथा सधै हास्यकलाकार को उपाधी पाईरहनु हुनेछ|”

प्रधानमन्त्री ओलिलाई ओलिको रास्ट्रवाद बालुवा को महल जस्तै नहोस् भन्दै राष्ट्रियताको पक्षमा कसैसँग नझुक्न आग्रह गर्नुभयो ।

साथै सचिव रावल ले प्रधानमन्त्री ओलि लाई रास्ट्र नायक बन्ने कि खलनायक भन्ने तपाईं को आफ्नै हात मा छ,बिकल्प छान्न पनि आग्रह गर्नुभएको छ|