Saturday, October 31For your kind information
Shadow

नारायणहिटिका बारेमा योगेश भट्टराईले लेखे यस्तो स्टाटस: अपुर्ण समाचारको भ्रममा नपर्न आग्रह

नारायणहिटि दरवार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालका राजाहरुको १३५ वर्ष सम्म निवासस्थानको रुपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै वि.स. २०६५ असार १

गते राजदरवार बाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले झन्डोत्तोलनका गरि सङग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मूल खम्बामा नेपालका राजाको विशेष

झन्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्रहालय सर्वसाधारणका लागि खुल्ला गराएका थिए । नारायाण हिटी संग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरवारले ३१८ क्षेत्रफल

ओगटेको छ । नेपालका वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आफ्नो ट्वीटमा अपुस्ट तथा अपुर्ण समाचारको भ्रममा नपरौँ भनेर स्टाटस राखेका छन ।

उनले स्टाटसमा,” नारायणहिटि दरबारको ऐतिहासिकता तथा पुरातात्विक महत्वलाई असर पर्ने कुनै पनि काम सरकारबाट हुने छैन । अपुस्ट तथा अपुर्ण समाचारको भ्रममा नपरौँ ।” उनको स्टाटस जस्ताको त्यस्तै तल हेर्नुहोस ।

यदि तपाइँको घर वरिपरि कुनै अप्रिय घटना भएका छन भने हाम्रो टिमलाई सम्पर्क गर्नुहोला । हामी साहारासंदेश मार्फत प्रकाशित गर्ने छौँ । प्रतिक्रिया दिन नभुल्नुहोला ।