Thursday, October 29For your kind information
Shadow

सुपरस्टार गोबिन्दा नेपाल आउँदै: पूरा पढ्नुहोस

आफुलाई शक्त्तिशाली तथा अब्बल रुपमा सबित गर्दै आएका बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’

मा विशेष अतिथिको रुपमा सहभागी हुन नेपाल आउन लागेका चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । उनी गत वर्ष पनि ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए ।

यो वर्ष उनी कार्यक्रम हुनु भन्दा २ दिन अगाडि नै नेपाल आउने कार्यक्रम रहेको छ । किनभने उनी नेपाललाई आफ्नो ससुराली ठान्दछन् । उनले एक अन्र्तवातामा बताएका थिए , विश्वमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल हो ।

त्यसैले गोविन्दा नेपाल आउन आफै तयार भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवमा गोविन्दाले आफ्नो दमादार प्रस्तुती दिनेछन् । महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार,

  • प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने जानकारी दिएको छ । कार्यक्रम ३ दिनसम्म चल्नेछ । सक्दो सियर गरेर गोविन्दलाई नेपालमा स्वागत गरौँ ।