Thursday, October 29For your kind information
Shadow

बिचरा ! पढाइमा एमए पास, कुखुरा फार्म खोले त्यसमा पनि दैनिक ४५ हजार खर्च अनि २ हजार घाटा

पर्वत- धेरैको सोच हुन्छ उच्छ तहको अध्यन गरेपछी कलेज पाढाउँ, सरकारी जागिर खाउँ । तर, यो मान्यातालाई त्यागेर पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारिका कृषक बिदुर लामिछानेले भने पढेका मान्छेले पनि खेतबारिमा काम गर्न हुन्छ,

कुखुरा पालेर खोर सफा गर्न मिल्छ, अण्डा बोकेर बजार डुल्न हुन्छ, भैंसी पालेर गोबर फाल्न हुन्छ भन्ने कुरा प्रमाणित गरेका छन । शैक्षिक बेरोजगारिको समस्या रहेको नेपालमा बिदुरले एउटा उदाहरण प्रस्तुत गरेका छन । २०६३ मा उनले त्रिभुवन विश्वविद्यालयबाट स्वस्थमा स्रात्कोत्तर तहको अध्ययन पूरा

गरेका थिए । अहिले पर्वतमा सबैभन्दा धेरै लगानिमा बनेको कुखुरा फार्म बिदुरकै बनेको छ । दिनमै ४५ हजार खर्च । बिदुरले तयार पारेको हिसाब अनुसार दैनिक ४५ हजार यता उता गर्दा खर्च हुने देखिएको छ । “दैनिक १५ बोरा दाना सकिन्छ, साना चल्लाहरु पनि भएका कारण यति लागेको हो” उनी भन्छन ।

चल्ला बढेपछी खर्छ दोब्बर हुने पनि उनले अनुमान गरेका छन । दैनिक २ हजार घाटा । दैनिक २ हजार घाटा भएर बिदुर यो व्यवसायबाट निराश बनेका छन । आशा ठुलो बोकेर २०७४ बाट सुरु गरेका बिदुर अहिले निराशिदै गएका छन ।

चोरी बजारबाट आउने अण्डाले स्थानीयलाई तानेको र त्यसैले कृषकले उत्पादन गरेको अण्डाले बजार नपाएको पनि उनले बताए ।