Tuesday, October 20For your kind information
Shadow

चितवनमा गैँडाले मानिसलाई लखेटेको भिडियो सार्वजनिक भएको छ: गैँडाले खेदाउँदा मानिसको भागाभाग

भरतपुर महानगरपालिका–४ सानो यज्ञपुरी क्षेत्रका बालानन्द आचार्यले पाँच वर्षअघिसम्म गहुँ लगाएका थिए, जहाँ अहिले मुसुरोे लगाइएको छ । गहुँ छाडेर मुसुरो लगाउनु उनको बाध्यता हो । उनले भने, ‘रात, बिहान साँझ कति खेर गैँडा आउँछ थाहा हुन्न, आउँछ

भएको खेतीपाती सखाप पार्छ, त्यसैले गहुँ लगाउनै छाडें ।’ मसुरोमा कम क्षति पु¥याउने भएकाले गहुँ खेती छाडेको उनले बताए । प्रायः खेती नष्ट गर्न थालेपछि आजित भएर स्थानीयले जग्गा नै बाँझो छाडेका छन् । सानो यज्ञपुरी शीतलचोककी ६० वर्षीया लक्ष्मी कँडेल ०१८ सालदेखि बसोबास गर्छिन् ।

तर, उनले गाउँमा गैँडा आउन थालेको ४÷५ वर्ष जति भएको बताइन् । ‘पहिले पहिले आएको थाहा थिएन, दुईचार वर्ष भयो, दैनिकजसो आउने, बालीनाली खाने सताउने गरेको छ’, उनले भनिन् । यसपटक पनि एक बिघा जति खेती नष्ट गरेको उनले सुनाइन् ।

तरकारी खानका लागि लगाएको बन्दा, काउली, मुला गैँडाले खाएर सखाप पार्ने गरेको स्थानीय प्रगति आमा समूहकी अध्यक्षसमेत रहेकी कँडेलले बताइन् । ‘पहिले जंगल हुँदा कतैकता बाघ कराएको सुनेको हो’ ।

उनले भनिन्, ‘अहिले त घरघरमा गैँडा आउँछ ।’ फेरि पनि त्यस्तै भएको छ । गैँडा आएर मानिसलाई लखेटेको भिडियो सार्वजनिक भएको छ । भिडियो हेर्नका लागि तल थिच्नुहोला ।