Thursday, October 29For your kind information
Shadow

म’हरा – रोशनी प्रकरणको सिसिटीभी र एसएमएसले यस्तो रहस्य बाहिर निकाल्यो: पूरा हेर्नुहोस

संसद सचिवालयकै महिला कर्मचारीमाथि जब’रजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख

कृष्णबहादुर महराविरुद्ध प्रहरीले १५२ वटा कागजात अदालतमा पेश गरेको छ ।

महराविरुद्धको कसूर पुष्टि गर्न डेढ सय कागजात जुटाइएको हो ।

काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका

आधारमा जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेलले तयार पारेको अभियोग पत्रमा ती कागजबारे उल्लेख छ ।

जसमा पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, चार वटा खानतलासी मुचुल्का, घटनास्थलमा फेला परेका दशी,

मोबाइल एसएमएस र सीसी टीभी फुटेजका १६ पाना तस्वीर लगायत छ ।

सीसी टीभी फुटेजमा

प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसन्धान अधिकृतले महानगरीय प्रहरी कार्यालय

रानीपोखरीबाट प्राप्त सीसी टीभी फुटेजसहितका प्रमाणले महरा छोरा निर्मलको गाडी चढेर वारदात स्थलमा पुगेको पुष्ट्याइँ गरेको अभियोगपत्रमा उल्लेख गरेका छन् ।

अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते बेलुका १८ः०० बजेदेखि २१ः०० बजेसम्म सभामुख निवास बालुवाटारबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल,

गौशाला, एयरपोर्ट, तिनकुने हुँदै घटनास्थलसम्मको फुटेज हेर्दा प्रतिवादी वारदार स्थलमा पुगेको देखिन आयो ।’

मोबाइल एसएमएसमा

महराले प्रयोग गर्ने दुईवटा नम्बरबाट पीडितले प्रयोग गर्ने दुईवटा नम्बरमा घटनाको अघि र पछि समेत पटकपटक फोन सम्पर्क

भएको तथ्य कल डिटेल रेकर्ड, एसएमएस डिटेल, कलवाइज लोकेशन र युजर डिटेजलबाट यो विषय पुष्टि भएको उल्लेख गरिएको छ ।

घटना पश्चात तत्कालै पीडितले फोनबाट जानकारी गराएको भन्दै सांसद् उमा रेग्मीको कागजलाई पनि प्रमाणका रुपमा पेश गरिएको छ ।

रेग्मीले गराएको कागजमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते राति अन्दाजी ११ः३० बजेको समयमा पीडितले मेरो ९८५१……

मा फोन गरी रुँदै न्याय पाउँ माननीयज्यू, भनेकीले मैले तिमी को हौ के भयो भनि सोध्दा निजले आफ्नो परिचय दिँदै म सभामुख कृष्णबहादुर महराबाट जबरजस्ती करणीमा परेँ,

निज मेरो कोठामा रक्सीको बोतल लिएर आइ, मलाई जबरजस्ती करणी गर्न खोजेकाले मैले प्रतिकार गर्दा निर्घात कुटपिट गरे, दुवै गालामा पिटेर अनुहार सुन्निएको छ ।

जिउभरि नीलडाम छ, अनुहार चिन्न नसक्ने भएको छ, प्रतिकार गर्दा निजको चश्मा भाँचिएर सीसा फुटी खसेको छ, प्रहरी बालाउँदा हतारिएर भाग्दा

निजको जुत्ताको तुलवा मेरो कोठामा छुटेको छ भनेकीले मैले प्रक्रियामा जानुस् भनेकी थिएँ ।’

घटनाको भोलिपल्ट सञ्चारमाध्यममा पीडितले अन्तरवार्ता दिँदै गर्दा महराले पठाएको म्यासेजलाई पनि प्रमाणको रुपमा प्रस्तुत गरेका छन् ।

महराले मोबाइलमा म्यासेज गरी भनेका थिए, ‘Forgot yesterday, I am very sorry ।’

यो म्यासेजले प्रतिवादी घटनास्थलमा उपस्थित भएर पीडितसँग कसूरजन्य कार्यको उजागर हुन नदिन प्रयोग गरेको

तथ्य स्थापित गरेको दाबी गरिएको छ । ‘पीडितले रक्सी सेवन गरेकाले नआउनु भन्दाभन्दै प्रतिवादीले हिमालयन हुस्की

नामक रक्सी बोत्तल लिएर आई एउटै गिलासमा खाने भनेर जबरजस्ती सेवन गराएको’, प्रतिवेदनमा उल्लेख छ ।