Monday, October 26For your kind information
Shadow

अचम्मको नियम: भैली खेल्न आएकालाई २ हजार १ सयभन्दा बढी दिन नपाइने (प्रमाण सहित)

अक्सर देउसी भौलो खेलेपछी मान्छेहरु कति उठाइएछ त भनेर हेर्ने गर्छन ।

तर यहाँ त भैली खेल्दा आउने पैसा नै निश्चित राखिएको छ ।

मोरङमा स्थित सुन्दरहरैचा नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न आएको समुहलाई २ हजार १ सय भन्दा बढी रुपैया नदिन आग्रह गरेको छ ।

१५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई १ सय सम्म १५ बर्षभन्दा माथिका समुहलाई ५ सयसम्म, क्लब, नाचगान समुहलाई ११ सय सम्म र

संस्थागत समुहलाई २१ सय सम्म मात्र रकम दिन अनुरोध गर्दै नगरपालिकाले सुचना नै प्रकाशित गरेको छ ।

बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न र कुनैपनि अबाञ्छित क्रियाकलाप नगर्न र गरेको पाईएमा कानुन

अनुसार कारबाही गर्ने समेत जनाईएको छ । कस्तो लाग्यो हजुरहरुलाई यस्तो अचम्मको नियम ।

प्रमाणका लागि तलको फोटो हेर्नुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला र सबैमाझ सियर गरेर पुराउनु होला ।