Friday, October 30For your kind information
Shadow

ओलि सरकारलाई आरोप: ओलि सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको छ (पूरा पढ्नुहोस)

आज सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोक शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा अतिथिका रुपमा केन्द्रिय समितिको नेताहरुको पनि उपस्थिति थियो । कार्यक्रमको निम्तो मान्न आएका नेपाली काँग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले

कार्यक्रमलाई सम्वोधन गर्दै ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएको छन् । उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को झुटा नारा भजाएर

कम्यूनिष्ट सरकार सत्तामा टिकिरहेको आरोप लगाए । तर निर्वाचनका ताका जनतालाई गरेको कुनै पनि बाचा पुरा नगरेको उनले आरोप लगाए ।

उनले भने,‘कम्यूनिष्टहरु चिल्ला कुरा गरेर जनता फकाउन सिपालु छन्, जनताले भोट उसैलाई हाल्छन् । तर, काँग्रेस आफैले गरेको कामको पनि प्रचार गर्न सक्दैन,

काँग्रेसले निर्वाचनमा पराजय भोग्नु पछाडिको मुख्य कारण पनि यहि हो ।’ उनले मुलुक विकासका लागि अहिलेसम्म बनेका अवधारणाहरु सवै कांग्रेसको अवधारणा

भएको दावी गरे । उनले दुई तिहाइको सरकारले कांग्रेसले कोरेको विकासको रेखाङ्कनको स्तरोन्नति गर्नु त कता हो कता, उल्टै विकासको नाममा ब्रम्हलुट मच्चाइरहेको आरोप लगाए ।