Saturday, October 24For your kind information
Shadow

खुसिको खबर: ३ महिनामा सबैको घरमा विजुली पुग्छ, उर्जा मन्त्री: सबैले पढ्नुहोस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै

उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए । मन्त्री पुनले सो कामका लागि चालू आर्थिक वर्षमा

रु २८ करोड बजेट छुट्टा्याइएको बताए । उनले ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिए ।

उनले भने, ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’ कार्यक्रममा उनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई

साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताए ।

उनले भने, ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’

सबै स्थानमा डेढमिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको

उनको भनाइ थियो । कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उनले यसबाट पनि भरतपुरको सम्भावना अरु

बढी रहेको बताए । मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको बताए ।

मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।

मन्त्री पुनले भने, ‘नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दै छ ।

आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने छन् ।’ ऊर्जामन्त्री पुनले सरकार कानून निर्माण र सङ्घीय

व्यवस्थाअनुरूप तीनवटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको बताए ।

उनका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनको लागि करीब रु ६ अर्बको बजेट विनियोजन गरेको छ ।

उनले नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी र मिलनबाबु श्रेष्ठले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताए ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध, पश्चिम चितवनका सिँचाइको व्यवस्था र चक्रपथको

कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन ऊर्जामन्त्री पुनसमक्ष आग्रह गरे ।

उनले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिँचाइको लागि नारायणी लिफ्ट र खगेरी सिँचाइको विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गरे ।