Saturday, October 24For your kind information
Shadow

कांग्रेसले खारेज गर्यो नागढुङ्गा-सिस्नेपानी सुरुङ्गमार्गको सिलन्यास: एउटा विकास गर्न खोज्ने आर्को अड्को थाप्न्ने

राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम नेपाली काँग्रेसले बहिष्कार गरेको छ ।

सुरुङमार्ग शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् । यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गालाल महर्जन,

७ का वडाअध्यक्ष शम्भु केसी, १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र काँग्रेसबाट निर्वाचित अन्य वडाका वडाअध्यक्षहरुको पनि कार्यक्रममा उपस्थिति थिएन ।

नेपाली काँग्रेसका नेता तथा सांसद राजन केसी, काँग्रेस नेता पूर्वसांसद ध्यानगोविन्द रन्जितलगायत चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको पनि कार्यक्रममा उपस्थित देखिएन ।

आफूलाई निमन्त्रणा नआएको भन्दै कार्यक्रममा उपस्थित नभएको मेयर गिरीको भनाइ छ । मेयर गिरीले भने, ‘व्यक्तिगत रुपमा जानकारी आएपनि संस्थागत रुपमा निमन्त्रणा आएन ।’