Monday, October 26For your kind information
Shadow

नेपालि सेनाकी एकमात्र महिला पाईलट निरु ढुंगाना: सारा नेपालिलाई चकित पार्ने यस्तो काम गरिन हेर्नुहोस

निरु ढुंगाना बच्चैदेखि आकाशमा उड्न चाहान्थिन्। त्यसका लागि उनलाई पाइलट नै बन्नु थियो।

उनका शिक्षक बुवाले पनि निरुको चहाना पछ्याउन भरपुर साथ दिए।

उनी पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुगिन्।

टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्।

त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आएकी छन्। उनी सेनाकी मेजर हुन्।

निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्।

झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ५ हजार हिला छन्। सेनासँग अहिले ४३ पाइलट छन्।

तर निरु सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुन्। नेपालको डाडाकाँडा,

नेभिगेसन सिस्टमको अभाव र बदली भैरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।

तर निरुलाई आकाशमा उड्न परिवारको साथ छ। उनका श्रीमान् सरोज थापा पनि सेनामै छन्। सरोज हेलिकप्टरका उडान इन्जिनियर हुन्।

‘एउटै अफिसमा छौँ, त्यसैले कुरा पनि मिल्छ। अरु भएको भए बुझ्न र बुझाउन गाह्रो हुन सक्थ्यो ।