Friday, October 30For your kind information
Shadow

फेरि आयो सबैलाई चकित पार्ने खबर: ९ हजारमा किनेको औँठी बेच्दा १० करोड ७५ लाख फाइदा भयो

समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ ।

यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् ।

द सनमा प्रकाशित समाचार अनुसार गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो ।

जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड(१ हजार ४ सय ५३ रुपैयाँ) मा किनेकी थिइन् ।

अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् ।

गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड

( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।