Monday, October 26For your kind information
Shadow

रबि लामिछानेले शालिकरामको बारेमा कार्यक्रम चलाउन पाउने: के अब हत्यारा पत्ता लगाउलान रबिले?

पत्रकार शालिकराम पुडासैनी प्र-करणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिब-न्ध फु-कुवा भएको छ ।

विहीबार उच्च अदालत हेटौँडाले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो ।

चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने ब-दर गरेको छ ।

उच्च अदालतको आदेशसंगै रविले पुडाशैनी मृ-त्यु प्र-करणको सम्वन्धमा आफ्नो कार्यक्रममा बोल्न पाउने भएका छन् ।

यसअघि चितवन जिल्ला अदालतले रविलाई विदेश भ्रमणको लागि समेत अदालतको अनुमति लिनुपर्ने आदेश जारि गरेको थियो ।

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन् ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख ध-रौटीमा रिहा गर्ने आदेश गरेको थियो ।