Wednesday, October 21For your kind information
Shadow

जिन्दगिभर धनको वर्षा होस भन्ने चाहानुहुन्छ भने यी ९ कुरा गर्नुहोस: लक्ष्मी माताको आशीर्वाद बनिरहोस

१) तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।

२) जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।

३) क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस ।

४) एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस ।

५) कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपारीं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस ।

६) यो पक्कै गर्नुहोस हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।

७) तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस

८) चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस ।

९) कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ ।