Friday, October 30For your kind information
Shadow

केपि ओलिलाई काम गर्न दिए पुरै देश बनाइदिन्छन, काम गर्न नदिएर मात्र हो: पुरै भिडियो हेर्नुहोस

पंचायती व्यबस्थाको शुरुवातदेखि पंचायतको उत्कर्ष र अवसानको साक्षी हुन्- सुश्री भद्रकुमारी घले । जुद्ध शमशेरकी छोरी कमल राणालाई समेत माननीयको चुनावमा पराजित गरेर पंचायती ब्यबस्थामा चार चार

पटक माननीय भएकी उनी सूर्यबहादुर थापाको मन्त्रीमंडलमा श्रम तथा समाज कल्याण राज्यमन्त्री समेत भएकी थिईन । राज्यसभा स्थायी समितिकी सदस्य समेत भएकी घले तत्कालीन राजनीतिमा एक चर्चित नाम हुन्।

२०४६ सालपछि राजनीतिलाई चटक्कै छाडेर समाज सेवा र साहित्यतर्फ डोरिएकी उनी आजपर्यन्त यही बाटोमा हिडिरहेकी छिन । आफ्नै नामको सामाजिक संस्था खोलेर उनी समाजसेवा र शिक्षाको क्षेत्रमा सेवारत छिनभने

आफूलाई साहित्य नआउने र छन्द लेख्नेहरुको भीडमा आफू बेछन्दे भन्न रुचाउने घले नेपाली साहित्यकको फाँटमा साहित्यका विविध विधामा उनका १४० थान कृतिहरु प्रकाशित भैसकेका छन् ।

उनले स्थापना गरेका पुस्तकालय र संग्रहलाय्हरु हेर्न लायकका छन् । आजीवन अविवाहित रहे तापनि त्यसमा र आफूले भोगिरहेको जीवनमा रत्तिभर पनि असन्तुष्टि नरहेको बताउने घले अहिले पनि मैतीदेवीस्थित आफ्नो घरमा थुप्रैलाई आश्रय दिएर बसिरहेकी छिन ।

आफ्नै इच्छा र बलबुतामा त्यो बेलाको समयमा भारतसम्म पुगेर शिक्षा हासिल गर्नु चानचुने काम थिएन । शैक्षिक डिग्रीको हिसाबले घलेले शास्त्रीसम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन। तर यिनले आफ्नो जागिरे जीवन एउटी नर्सको रुपमा सुरु गरेकी थिईन ।

जनकपुर अंचल अस्पतालमा नर्सको रुपमा कार्यरत रहेकै बेलामा उनी पंचायती राजनीतिमा महिला संगठनको अंचल सभापतिको रुपमा रातारात पदार्पर्ण गरेकी हुन् । जनकपुर अंचल अस्पतालमा नर्सको रुपमा कार्यरत

त्यो बेलालाई समरण गर्दै स्वदेश नेपालका प्रधानसम्पादक इन्द्रकुमार श्रेष्ठ सरितसंग कुरा गर्दै उनी भन्छिन – त्यो बेलामा मैले टेबल र कुर्सि जोहो गरेर जनकपुर अंचल अस्पतालको सुरुवात गरेकी हुँ जहाँ मैले नर्सको रुपमा तीन बर्ष काम गरेकी थिएँ ।

त्यो बेलामा नर्सलाई खासै राम्रो दृष्टिले हेरिन्नथ्यो । भिडियो हेर्नुहोस ।