Saturday, October 31For your kind information
Shadow

महानायक अमिताभ बच्चन अस्पतालमा भर्ना: कलेजोको क्यान्सरले गम्भीर स्तिथि

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् ।

सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।

बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चोट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो । त्यो खतराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।