Wednesday, October 21For your kind information
Shadow

रवि लामिछानेलाई खुशिको खबर: हेटौंडा इजलासको यो फैसलाले रविलाई मख्ख पार्यो (पूरा हेर्नुहोस)

पत्रकार रवि लामिछानेलाई उच्च अदालत पाटनको हेटौंडा इजलासले खुशीको खबर सुनाएको छ । अब लामिछाने विदेश जान अदालतको आदेश लिन नपर्ने भएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासले उनलाई विदेश जानको लागि अनुमति दिएको छ । यस अघि लामिछानेलाई विदेश जान अदालतको स्विकृति लिनुपर्ने चितवन अदालतको आदेश थियो ।

उच्च अदालत पाटनको हेटौंडा ईजलासले स्विकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ । यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ।

न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दूरुत्साहन अभियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म विदेश जान नपाउने निर्णय सुनाएको थियो ।