Wednesday, October 21For your kind information
Shadow

विदेशिन लागेका बाबुको हात समातेर छोराले नजानुहोस न भनेर तानेको यो मार्मिक अवस्था: पूरा हेर्नुहोस

विदेशिनेहरु देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदेशिनु नपर्ने बताइरहेका छन् ।

तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।

बुधबार बिहानदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियो मा वैदेशिक रोजगारका लागि जान लागेका श्रीमान लाई बिदाइ गर्न आएकि एक श्रीमती र छोराको हो ।

जसमा छोराले बुवालाई नजानु भन्दै तानेको भिडियोमा देख्न सकिन्छ ।उनी आफ्नो बुवालाई नजानु भन्दै तान्दा तान्दै आमाले काखमा लिन्छे अनि भक्कानिएर रुन थाल्छ ।

जुन भिडियो आमनेपालीको वास्तविक चित्र हो । दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना श्रीमान,

छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बिदाइ गरेपछि पनि हेरिरहने सयौं श्रीमती, बाबु आमाहरूले उनीहरूको शव बाकसमा आएको पीडा बेहोर्न बाध्य छन् ।