Monday, October 26For your kind information
Shadow

पारस शाह र सोनिका काण्ड: त्यति राम्री श्रीमती हुँदाहुँदै किन सोनिकालाई बाइकमा बाइकमा घुमाए?

पूर्व यूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरले बनिरहेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूलाई राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।

‘यो वादी ऊ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ ।

मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् । अ*श्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् ।

केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो । तीन छोराछोरीका बुवा पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्वन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए ।

नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । कतिपयले उनीहरु प्रेममा परेको अड्कल पनि काटेका छन् ।

त्यसो त सोनिकासँग पारसको मित्रता मात्रै पनि हुन सक्छ । क्लवमा सँग बस्दा वा वाइकमा सँगै हिँड्दा त्यो प्रेम प्रमाणित हुँदैन । फेरि सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् ।

उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्छ । भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी गरेका छन् ।