Saturday, October 31For your kind information
Shadow

भारतीय प्रहरि नेपाल छिरेर नेपालिलाई लैजान खोजेपछी भिम रावलले तत्काल नियन्त्रणमा लिन आदेश दिए: सियर गरौँ

अछाम जिल्लाको बन्नीगढीजयगढी गाउँपालिकामा तीन जना भारतीय प्रहरीले वितण्डा मच्चाएका छन । जिल्लाको बान्नीगढीका एक जना युवाले त्यहाँबाट केटी भगाएर ल्याएपछि कोरवा जिल्ला छत्तीसगढ़बाट तिन जना प्रहरी बिना अनुमति पुगेका हुन ।

उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको छ । जसमा अछाम नेपाललाई आफ्नो प्रान्तका रूपमा उल्लेख गराएको छ । जयगढ़मा भारतीय प्रहरी आएर जथाभावी गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं सुदुरपश्चिम इन्चार्ज भीम रावलले तत्काल गृह

सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका थिए । नेता रावलको आग्रह लगत्तै भारतीय प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याईएको छ । विना अनुमति नेपाली भूमिमा प्रवेश गरेका उनीहरूले एक नेपाली युवा पक्राउ गर्न खोजेका थिए ।

रावलको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय अछामले तीनै जना भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । घटनाको जानकारी पाए लगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजाराज श्रेष्ठसँग दैनिकीले चासो राख्दा उनले तीन जना भारतीय सुरक्षाकर्मी अछामको बन्नीगढीजयगढी गाउँपालिकामा

पुगेको र उनीहरू भारतीय १५ वर्षकी केटी भगाएर ल्याउने नेपाली केटाको खोजीमा आएको जानकारी पाएको बताए । उनले नियन्त्रण लिएर नभइ समन्वयात्मक रूपमा भारतीय सुरक्षकर्मीसँग कुरा भैरहेको जानकारी दिएँ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भारतीय केटी भगाएको विषयमा उहीँको

प्रहरीकोमा उजुरी परेको र केटाको ठेगाना अछामको बन्नीगढीजयगढी गाउँपालिकामा रहेकाले उनीहरू अछाम आएको बताए । नेपाल प्रहरीका निरीक्षक कलेन्द्र विक्रम शाहीका अनुसार अछामका केशव सोनीले कोरबाछत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की

उर्मिला राठोरले काइली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको बताएका छन । उनले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाइ पत्र लेख्दै आवश्यक

समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै सोही कुरा अवगत गराएका छन । त्यसरी आउने भारतीय प्रहरीमा सइ अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्षमी पटेल रहेका छन ।

प्रहरी प्रशासन, सबैखालका संरचना जिवितै रहेको अवस्थामा सबै संरचना वाइपास गरेर गाउँपलिकाको कार्यालयमा पुगेर जवर्जस्ती गर्ने भारतीयलाई कारबाही गर्ने विषयमा समेत त्यति चासो पुगेको नदेखिएको स्थानीयले बताएका छन ।