Monday, October 26For your kind information
Shadow

चिनियाँ राष्ट्रपती चड्ने गाडी ८ करोडको: यस्ता छन विशेषता

दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिए

को छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ । उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो ।

चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ । यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो ।

उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ ।

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ । गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ ।

लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ । गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ ।

गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् ।चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो ।.