Monday, October 26For your kind information
Shadow

सपनामा यी चिज देखे यस्तो हुन्छ: पूरा पढ्नुहोला

सपनामा

१. चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ ।

२. पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ ।

३. बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ ।

४. खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ ।

५. खुल्ला ढोका देख्दा कसैसँग मित्रता हुन्छ ।

६. बन्द ढोका देख्दा धनहानि हुन्छ ।

७. चश्मा लगाएको देख्दा ज्ञान बढ्छ ।

८. पुरी खाँदा प्रसन्न पार्ने समाचार पाइन्छ ।

९. माहुरी देख्दा मित्रहरूसँगको प्रेम बढ्छ ।

१०. आफू उडेको देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ ।

११. गहनागुरिया देख्दा कुनै काम पूर्ण हुन्छ ।

१२. लाश देख्दा बिरामी निको हुन्छ ।

१३. चन्द्रमा देख्दा सम्मान पाइन्छ ।

१४. रातो फूल देख्दा भाग्य चम्किन्छ ।

१५. कुकुर देख्दा पुरानो साथीसँग भेट हुन्छ ।

१६. झरना देख्दा दुःखको अन्त्य हुन्छ ।

१७. इनारमा पानी देख्दा धनलाभ हुन्छ ।

१८. चन्दन देख्दा शुभ समाचार प्राप्त हुन्छ ।

१९. तासको पत्ती देख्दा समस्या बढ्छ ।

२०. औंठी लाएको देख्दा सुन्दर स्त्रीसँग मित्रता हुन्छ ।