Saturday, October 24For your kind information
Shadow

जापानको नागोयामा आधिँको खतरा, नेपालिलाई सचेत हुन आग्रह: पूरा पढ्नुहोस

जापानमको नागोया क्षेत्रमा आँधीहुरीको ठूलो प्रभाव अबको क़ेही समयमा पर्ने सूचना छ । सामान्यतया अबको ३ घण्टा पछाड़ी क्रमिकरूपमा यसको प्रभाव बढ़ने भएकोले बेलुकाको काम (६ बजे देखी) हुने साथीहरू अली छिट्टै काममा निस्कीनूहोला ।

भोली बिहान ५ बजे सम्म नै यसको असर पर्ने भएकोले राति कामबाट छूटने साथीहरूले (१,२ बजे) सकेसम्म काम गर्ने ठाऊबाट ननिस्किनू होला । निस्क़िनू परेमा पनी आफ़ू सुरक्षित भएको महसूस भए मात्र निस्क़िनू होला ।

ज़िदोंउतेकी (सेन्सरले ख़ूल्ने ढोका ) हरूको स्विच बन्द गर्न सकेको खण्डमा क्षतिकम हून सक्छ । विशेषगरी कंबिनि मा काम गर्ने साथीहरूले ब्यावस्थापक संग सल्लाह गर्नुहोला । ग़लत अर्थ नलागोस् भर्खर जापान आऊनु भएका साथीहरूले बिशेषगरी यसलाई सामान्य रूपमा नलिनु होला ।

अब क़ेही समय साइकल, मोटरसाइकलको प्रयोग नगरौं ,छाता भन्दा रेईनकोटको प्रयोग गरौं। साइकल ,मोटरसाईकल सुरक्षित ठाऊमाँ राखौं।बाहिर सूकाएका कपड़ाहरू छन् भने अहिलेनै भित्र राखौं ।

अरुकूराहरू त धेरै साथीहरूले भनिनै सक्नु भएको छ।यस घड़ीमा हातेमालो गरेर सबैलाई सुरक्षित रहने वातावरण मिलाऔँ । हामीले सानो सानो कूरालाई बिर्सिदाँ ठुलो असर भोग्नू पर्ने हून सक्छ,सचेत बनौं,मिलेर बिपत ब्यावस्थापन गरौं ।