Monday, October 26For your kind information
Shadow

फेरि आयो दुखद खबर: सिन्धुपाल्चोकमा बस दुर्घटना, दशैँ मनाएर फर्कदा ज्यान गयो

सिन्धुपाल्चोक जिल्लामा रहेको इन्द्रावती गाउँपालिका वडा नं. १० भोटसिपामा यात्रु बाहक बस दुर्घट्ना भएको छ ।

हालसम्म ६ जनाको ज्यान गएको छ । दसैँ मनाएर काठमाडौं फर्कँदै गरेका यात्रुलाई बोकेर आएको हेलम्बु

यातायातको बस भोटसिपा नजिकै दुर्घटना भएको हुँदा ६ जनाको ज्यान गएको हो ।

यो समाचार आउँदा सम्म दुर्घट्नामा परी कम्तिमा ३० जनाभन्दा बढी गम्भिर घाइते भएका थिए ।

अझै पनि धेरै घाइते भएका मानिसको विवरण आउन बाँकी । भोटसिपास्थित तिखु मोडमा बा २ ख १७२५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय

सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीले घट्नाको पूर्ण क्षति विवरण भने आउन बाँकी रहेको बताएको छ ।