Tuesday, October 27For your kind information
Shadow

नेपाल र चिनियाँ राष्ट्रपति बिच हुन लागेको सम्झौता

आगामी असोज २५ गते चीनका राष्ट्रपति नेपाल आउदैैैछन।२५ गतेनै दुई देशका राष्ट्रपति बिच भेट्बर्ता हुनेछ।

के-के छन नेपालको एजेन्डा:

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा उठाउने विषय र सहमतिबारे नेपालको तयारी पूरा भएको छ ।

उनका अनुसार नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ ।सरकारी स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्छ ।

सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी छ ।यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि चीनले नै गरेको थियो, जसले रेलमार्ग निर्माण गर्न सकिने तर जटिल भौगोलिक क्षेत्र रहेकाले निकै कठिन रहेको देखाएको छ ।

काठमाडौं–केरुङ रेलमार्गबारे लगानीको मोडालिटीबारे सहमति जुट्न सकेको छैन ।नेपालले चिनियाँ अनुदानमै बनोस् भन्ने चाहेको छ भने चीनले नेपालले पनि लगानी गरोस् भनेको छ ।

सडक सञ्जाल अन्तरगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा छन् ।नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग महाभूकम्प ०७२ ले क्षतिग्रस्त भएको थियो ।

यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।रसुवागढी–छहरे–काठमाडौं टनेलको भने प्रारम्भिक अध्ययन भइसकेको छ ।

निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् ।यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घन्टा आसपासको दुरीमा समेटिने छ ।

यस्तै, चीनसँग जोड्ने सीमा सडकहरु किमाथाङ्का र कोरला उत्तर–दक्षिण कोरिडर पनि एजेण्डामा परेका छन् ।त्यसैगरी जलविद्यतुमा चिनियाँ लगानीसँगै क्रस बोर्डर ट्रान्समिसन लाइन पनि नेपालको एजेण्डा सूचीमा छ ।

उच्च क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई देशका अधिकारीहरु लामो समयदेखि छलफलमा थिए ।सीको भ्रमणका क्रममा यसको लगानी जुटाउने, डीपीआर गर्ने र जीटूजी (गभर्नमेन्ट–टू गभर्नमेन्ट) मोडलमा निर्माणको प्रस्ताव गर्ने नेपालको तयारी छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई सहयोग गर्नेबारे समझदारी हुनेछ ।मनवानपुरमा बनाइने यो विश्वविद्यालयका लागि चीनले सहयोग गर्ने तयारी छ ।

‘भ्रमण ऐतिहासिक हुनेछ’सरकारले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई ऐतिहासिक बनाउने बताएको छ ।

‘भ्रमणलाई पूर्ण सफल र ऐतिहासिक बनाउनुपर्छ भन्नेमा सिंगो राष्ट्र एकमत छ’ सरकारका प्रवक्ता बास्कोटाले भनेका छन् ।प्रधानमन्त्रीले गरेको छलफलमा पनि सबैले सीको भ्रमणलाई ऐतिहासिक बनाउन र दुई देशका नेताहरुबीच पूर्ण विश्वासको सम्बन्ध स्थापित गर्न सुझाव दिएको उनले सुनाए ।

भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले बिहीबार बिहान पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेका थिए ।सञ्चारमन्त्री बास्कोटाले भने, ‘यो भ्रमणलाई नेपाल सरकार र नेपाली जनताले भव्यतापूर्वक सफल र परिणाममुखी बनाउने आशा र विश्वास गरेका छन् ।’