Saturday, October 31For your kind information
Shadow

काग्रेंसले नै भ्रष्टाचारको जन्म गराएको हो, नेकपाले हुँदै हैन: पुरा पढ्नुहोस

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले देशमा भ्रष्टाचार जन्माउने पार्टी नेपाली कांग्रेस भएको आरोप लगाएकी छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै चौधरीले भ्रष्टाचारको जरा नै कांग्रेस भएको दाबी गरिन् ।

‘यो देशलाई अहिलेको अवस्थामा कसले पुर्यायो ? कांग्रेसले भ्रष्टाचार जन्मायो, हुर्कायो र संस्थागत गर्यो उनले भनिन्, ‘कांग्रेसले नै भू-माफियालाई संरक्षण गर्यो ।

बालुवाटार कांग्रेसले नै बेचेको हो। सुवर्ण शमशेरले यसलाई बेचेका हुन् । नेकपाको सरकारले सरकारी जग्गा फिर्ता ल्याउन जुटिरहेको छ ।

चीन र नेपालबीच यातायातसहित पारवहन पोर्टोकलमा भएको सम्झौताले अब नेपालले एउटै छिमेकीसँग मात्रै भर पर्नुपर्ने अवस्था हटेको उनको दाबी थियो ।

नेकपा नेतृसमेत रहेकी चौधरीले सरकारले राम्रा कार्यक्रम ल्याउँदा कांग्रेस रोइरहेको बताइन् । ‘सरकार रोजगारी बढाउने कार्यक्रम ल्याउँछ, तर प्रतिपक्षी रुन्छ उनले भनिन्, ‘यो रोदन अर्को चोट भोट गुम्ने डरले हो ।

नेतृ चौधरीले विगतदेखि देश लुटेकाहरुको अहिले रुवाबासी भएको पनि बताइन् । ‘विगतदेखि देश लुट्न आँखा चम्काउने र हात लम्काउनेहरुको अहिले रुवाबासी भएको छ उनले थपिन्,सरकारले एक्सन लिँदै जाँदा अझै रुवाबासी हुन्छ ।

राष्ट्रपति हेलिकोप्टरमा चढेर कार्यक्रममा जाँदा आलोचना गर्नेहरुलाई उनले कटाक्ष गरिन् । देशकी संरक्षक राष्ट्रपति कार्यक्रम जाँदा हेलिकोप्टर नचढेर के बयलगाडामा जानु ?

उनले प्रश्न गरिन्, राष्ट्रपतिले मेरो संसदमा मेरो सरकार भन्दा हुर्मत लिन खोजियो । यो मेरो, हाम्रो र नेपालीको सरकार नभए कसको त ? राष्ट्रपतिको चाहिँ होइन ?’