Wednesday, October 21For your kind information
Shadow

बाबुलाई खुट्टा ढोगाएको फोटो सार्वजनिक गर्नुको रहस्य बाहिरियो: चर्चित हुन के विधि नाटक गर्न सक्नुभयो उपमेयरले

आजको समयमा धेरै मानिनसहरु चर्चित हुन विभिन्न प्रकारका गतिविधी गर्दछन् । ती मध्य एक हुन् नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा ।

उनी केहि समय अगाडी मात्र नेपालगन्जका छाडा गाईगोरु उठाउन लगाएर सुर्खेतमा लगी भिरबाट लडाएर वाहवाही पाएको थियो।

ति गाईहरू मेयरकै निर्देशनमा मारिएको थियो तर केही गरेन राणालाई । कारण उ राणा खलक थियो र राप्रपा बाट नै निर्वाचित भएको थियो।

दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि भन्दै पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये २४ वटा सुर्खेतको कटकुवा जंगलमा मृत अवस्थामा भेटिएका थिए ।

अरु १४४ वटा गाईगोरु पनि त्यहीँ अलपत्र छाडिएको थियो । यसलाई लिएर मेयर राणाको आलोचना भएको थियो।

यसपटक पनि सोही उपमहानगरपालिकाका उपमेयर उमा मगर यो दशैंमा आफ्नै बुबालाई यसरी खुट्टा ढोढ्न लगाएर चर्चामा आउँदैछ ।

यिनी मगर्नी चाँही नेपाली काङ्ग्रेसबाट निर्वाचित उपमेयर हुन्हु। न त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन छ ।

अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ । तर उपमेयरको यस्तो शैलीलाई भने चलन भन्न मिल्दैन हर्कत भन्न सकिन्छ ।

उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नो पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मञ्चाउने खालको काम गर्न सुहाउँदैन ।

नेतृत्व त अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ। हाम्रो देशमा चर्चा कमाउन को लागि हरेक कुरा अप्न्नाएका हुन्छ्न काम कुरो यका तिर छ।