Monday, October 26For your kind information
Shadow

बलि दिएका जनावरको आत्मा शान्तिका लागि बुद्धिस्ट समुदायले प्राथना: खै त हाम्रो दया?

दशैँमा बलि दिइएका पशुपक्षीको आत्मा शान्तिका लागि बौद्धधर्मावलम्बी मौन ब्रत बसिरहेका छन् ।

दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसेका हुन् ।

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।

ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । ब

द्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् ।