Friday, October 30For your kind information
Shadow

रबि लामिछानेकी पत्निले दशैँमा यस्तो सहयोग गरिन: रबि र उनकी पत्निलाई सलाम छ (फोटो हेर्नुहोस)

उद्दब पौडेल फाउन्डेसनले बालबालिका र बृद्धबृद्धालाई दशैंको शुभकामना दिंदै उपहार वितरण गरेको छ । टोखामा आयोजित एक कार्यक्रममा फाउन्डेशनले पवित्र समाज नेपालका ७० जना वृद्धवृद्धा तथा

बालबालिकालाई नयाँ लुगा उपहार दिएको हो । बृद्धबृद्धा र अनाथ बालबालिकाले पनि अरुले मनाए जसरी नै दशैं मनाउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेन्सनले जनाएको छ ।

साथै उक्त कार्यक्रमको उद्घाटनमा फाउण्डेशनका सानो सदस्य आरिया पौडेलले, पवित्र समाजका अनाथ बालबालिकालाई दशैको उपलक्ष्यमा लुगा, कपडा उपहार दिएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

साथै फाउण्डेशनका अध्यक्ष निकिता पौडेलले दशैमा कोही पनि दुःखी नहुन भन्दै र खुसीका साथ दशै मनाउन् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छन् । यस्तै फाउण्डेशनले सहयोगी हात अन्य क्षेत्रमा पनि गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै उपाध्यक्ष निरक र निरज पौडेलले दशैको शुभकामना दिदैँ अनाथ बालबालिका तथा बृद्धबृद्धालाई १ महिना पुग्ने रासन हस्तान्तरण गरेका थिए ।