Thursday, October 29For your kind information
Shadow

आखिरमा महरा पुगे मामाघर: यसरी लगियो महरालाई भिडियो हेर्नुहोस

प्रहरीले घटना घटेको ठिक एक हप्तामा महरालाई पक्राउ गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई ‘बलात्कार गर्न प्रयास गरेको तथा हातपात’ गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न उनको निवास पुगेको प्रहरीले केही समयअघि मात्र महरालाई नियन्त्रणमा लिएको हो । उनलाई रातो कारमा राखेर लगिएको छ भने प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार राख्ने तयारी गरेको छ ।

सिंहदरबार बृत्त अन्य बृत्तको तुलनामा सुविधायुक्त मानिन्छ । महरालाई पक्राउ गर्न महरा निवासमा महानगरीय प्रहरी बृत्त बानेश्वरका प्रमुख डिएसपीको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

पीडित महिलाले शुक्रबार महरा विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको थियो । महरालाई आजै पक्राउ गर्ने अनुमति माग्दै प्रहरी जिल्ला अदालत काठमाडौंमा पुगेको थियो ।

अदालतले पक्राउपुर्जी जारी गरेसँगै महरा पक्राउ परेका हुन् । उक्त प्रकरणमा सभामुख महरा विवादमा परेपछि पदबाट राजीनामा दिएका थिए ।

उनले सांसदबाट भने राजीनामा दिएका थिएनन् । उनको पक्राउसँगै अब उनको सांसद पद पनि चट् भएको छ । अब उनको निर्वाचन क्षेत्र सांसदविहिन बनेको छ । उनको क्षेत्रमा समेत अब उपनिर्वाचन हुनेछ ।