Saturday, October 24For your kind information
Shadow

गैरहिन्दुले गाइको मासु खान किन नपाइने? : एकजाना मंगोलको प्रश्न (पुरै पढ्नुहोस)

आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन ।

नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ । र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ ।

तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो । त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ ।

लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ । यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलिले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोलि ठोकेर लाक्पा तामा्ङलाई मा¥यो ।

तामाङलाई मार्नेले राज्यबाट माफ पायो । मान्छे मार्ने उद्योगमा लागेकाहरु यसरी नै निर्धक्क साथ हिडि रहेका छन् । तर गाई गोरुको मासु खाने अहिले पनि जेलमा कच्रिनु परेको छ । यो कस्तो कानुन हो ? यो कस्तो संस्कार हो ? यो कस्तो राज्य हो ?

गाई मंगोलको पकवान: हिन्दुहरुले गाईलाई लक्ष्मि अवतार अर्थात आमा मान्दछन् । गाई हिन्दुको आमा भए गोरु बाबु हो । बाबुलाई जोत्नु मिल्दैन । बेच्न पनि मिल्दैन । गोरु भए बुढो हुन्जेल जोत्ने गाई भए दुध दिन्जेल दुध खाने बेच्ने पैसो कमाउने र अन्तमा भारततिर बेचि दिने ।

यदि साच्चीकै आमा भए, आमालाई जस्तै घरमा ल्याएर पाल्नु पर्ने हो । कानुनी हिसावले आमाको दुध वेच्न पनि गैरकानुनी हो । गाई आमा भएपछि दुध बेच्न पाइन्छ ? तर नेपाल र भारतका बाहुन क्षेत्रीले आफ्नो आमाको दुध बेचिरहेका छन् । गाईले बाहुन क्षेत्री भगौडा भएको।

कहिले युरोप हुँदै भारत र कहिले भारत हुँदै नेपाल प्रवेश गर्दा गुण लगाएको कारण आमा मानेका हो । त्यसमा आपत्ति छैन तर मंगोलको आमा नभएर पक्वान हो । मंगोलहरुको सस्कारगत हिसावले पनि गाईको मासु खान वन्देज थिएन ।

मंगोल राई समुदायले उधौली–उभौली या पित्र माङ गर्दा नाक्छोङले पित्र पुर्खालाई गाईको मासु बक्साउनु पर्ने चलन छ । जहाँ नाक्छोङले फलाक्दा गाईको मासु चढाउदैछु, भन्दै सुँगुर, कुखुराको मासु चढाइरहेको हुन्छ ।

नाक्छोङले पित्र पुर्खालाई ढाट्ने क्रममा गोरुको मासु (पाक्पासा) भनेर सुँगुर र कुखुरा दिने चलन जव गाइ काट्न प्रतिवन्ध भयो, त्यसपछि यो ढाट्ने क्रम शुरुवात भयो र अहिले पनि निरन्तर जारी छ । राईभित्रकै कुलुङहरुमा गाई पित्र बुझाउदा टाउको अनिवार्य चाहिन्थ्यो ।

अहिले पनि गाई काट्ने मौलोहरु पूर्वी भेगमा पाइन्छन् । त्यसकै उदाहरण ताप्लेजुङको लिङ्खीममा गाई काट्ने मौलो अझै छँदैछ । भिन्न भिन्न मंगोल समुदायका मानिसहरुले गाई खाइल्याएको र पृथ्वीनारायनको साम्राज्य विस्तारको अभियान समाप्त भए लगतै प्रतिवन्ध गर्न सुरुवात

भएको इतिहासले पुष्टी गर्छ । राजेन्द्र बिक्रम शाहले गाई गोरुको सट्टा रागाको मासु खान आदेश दिएका थिए । विभिन्न ऐतिहासिक तथ्यको आधारमा मंगोलहरु गौभक्षक थिए तर हिन्दुहरुले जवरजस्ती लादेको देखिन्छ ।

गाईको मासुको असली पारखी: अहिले पनि गाईको मासु खाने बाहुन क्षेत्री प्रसस्त छन् । नेपालका ठूला–ठूला होटलहरु गाईको मासु बिना चल्दैनन् । नेपालका चर्चित सुपरमार्केटमा गाईको मासु बिक्रि वितरण भइरहेको छ ।

ठमेलतिरका अधिकांश रेस्टुरेन्ट, होटलमा गाईको मासु नभए होटल चल्दैन । ति ठूला होटलमा लुकी लुकी ह्वीस्की र बियर सँग गाइ गोरुको सितनसँग मस्ति गर्ने ठालू मंगोल भन्दा बाहुन क्षेत्र वेसी छन् । यस हिसावले पनि बाहुन क्षेत्री गाई गोरुको मासुको पारखी हुन् ।

अबोध प्राणीमाथि राजनीति हिन्दु राष्ट्रवादको नारा लगाउनेहरुले बिशेष गरि अवोध जनावरलाई राजनीतिकरण गरेका छन् । भारतमा हिन्दुवादी संस्था हिन्दु महासभाले चर्को गोरक्षाको स्लोगन ल्याएको थियो । राष्ट्रिय स्वंयम सेवक सभा, भाजपा, शिवसेनाहरु गाई राजनीति गरिरहेका छन् ।

भारतमा हिन्दु अतिवादकै कारण विश्वसंग दुस्मन पैदा गरिरहेको छ भने नेपालका हिन्दु अतिवादी साम्राज्यवादीले हिन्दुु राष्ट्रवादको नारालाई प्रचार गरि नै रहेका छन् । राप्रपा नेपालले गाईलाई आफ्नो आमा भनेपनि उसले चुनाव चिन्ह बनाएको छ ।

नेपालको संविधान २०७२ मा पनि गाईलाई राष्ट्रिय जनावर बनाइ मूलुकलाई हिन्दु राष्ट्रकै रुपमा उभ्याउने बाहुन क्षेत्रीहरुको प्रयास एक पटक सफल भएको छ । गाईकै कारण प्रतिक्रान्तिको खतरा पनि उतिकै बढेको छ ।

अवोध प्राणीको नाममा राजनीति गर्ने खेलाडीहरुले प्रायः हिन्दु अतिवादका मतियारहरु हुन । जस्ले बहु–धार्मिकता स्वीकारर्न तयार छैनन् । जसले धर्मनिरपेक्ष स्वीकार गर्न तयार छैनन् । तिनीहरुको राजनीतिक हतियारको रुपमा अघि सार्दै अवोध गाईको राजनीति गरिरहनु तत्काललाई

लाभदायक नै भएपनि भविष्यमा गाई राजनीतिले निकै शंकट निम्त्याइरहेको देखिन्छ । आर्य पुर्खा गोभक्षक कि गोरक्षक ? भारतका संविधानविद बाबा साहेव अम्बेडकरले हिन्दुहरुले गाई खान्थे कि खादैन थिए भन्दा पनि किन छाडे भन्ने खोजको बिषय बताएका थिए ।

यसकारण आर्यन बाहुन क्षेत्रीहरुको पुर्खा गाई खान्थे भन्दा आश्चर्य मान्नु पर्दैन । पछिल्ला सुत्र साहित्य र पुराणहरु भन्दा अघि लेखिएका कथित धर्म ग्रन्थले हिन्दु समाजमा गौहत्या र गोमांसाहारको व्यापक प्रचलन भएको कुरा प्रमाणित भइ सकेको कुरा हो ।

त्यसताका हिन्दु समाजमा गाई गोरु मारेर त्यसको मासु नखाने व्यक्ति एउटा असल हिन्दु ठहरिदैनन्थ्यो र गाई गोरुको मासु नखाने कुनै ब्रम्हाण हुँदैनथ्यो ।