Friday, October 23For your kind information
Shadow

अब प्रचण्ड बन्ने प्रधानमन्त्री: केपि ओलिले दिने राजिनामा (पुरै पढ्नुहोस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद सम्हाल्नका लागि भरपुर गृहकार्य गरिरहेका छन् । पार्टीका अर्का अध्यक्ष ओलीसंगको छलफलपछि एकताताको समयमा भएको चार बुँदे सहमतिलाई अनुमाेदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न २ नेताहरु सहमत भएका छन्।

पार्टी उच्च स्राेतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमाेदन गरेपछि त्यसले संस्थागत निर्णयकाे हैसियत हासिल गर्नेछ। र, पूर्व सहमति अनुसार साढे दुई वर्षकाे सत्ताकाे नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। पार्टी उच्च स्राेतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमाेदन गरेपछि त्यसले संस्थागत निर्णयकाे हैसियत हासिल गर्नेछ।

पूर्व सहमति अनुसार साढे दुई वर्षकाे सत्ताकाे नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। अर्थात २०७४ चैत्र पहिलाे सातामा सत्ताकाे नेतृत्व लिएका ओलीले २०७७ भदाैसम्ममा दाहाललाई सरकारकाे नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ। पार्टी भित्र लगातार आफूविरुद्ध समिकरण बन्न थालेपछि पछिल्लाे पटक सिंगापुर स्वास्थ्य उपचारका लागि प्रस्थान गर्नु।

अघि माधव नेपाललाई एक्ल्याउने र प्रचण्ड लगायत अरु प्रभावशाली नेताहरुलाई खुशी पार्ने नीति ओलीले अपनाएका थिए । उच्च स्राेतका अनुसार ओलीले दाहालसँग खुलेरै माधव नेपाल या अरु कसैसँग कुनै नयाँ समिकरण नबनाउन आग्रह गर्दै पुरानाे सहमतिलाई संस्थागत हैसियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

त्यही अनुसार प्रधानमन्त्रीमा ‘आलाेपालाे’ सहमति अनुमाेदनका लागि केन्दीय सचिवालयमा राखिने भएकाे हाे, ओली सिंगापुरबाट फर्कीए पछि। पार्टीकाे महाधिवेशन त्यसअघि नै सम्पन्न हुन नसके प्रधानमन्त्री पद दाहाललाई बुझाएपछि पनि महाधिवेशनसम्म पार्टी नेतृत्वमा दुवै अध्यक्षकाे व्यवस्था कायम रहने पनि स्राेतकाे भनाई छ।

तर यस विषयमा कान्तिपुर दैनिकले भने फरक दृष्टिकोणबाट समाचार सम्प्रेषण गरेको छ । कान्तिपुरले लेखेको छ – ‘प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले

यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए ।’ विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रूपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे । अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ ?

नेकपाका धेरै नेताहरू प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालिरहेका छन् । उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालय बैठकमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारूढ वृत्तमा छ ।

‘पार्टीलाई समझदारीअनुसार सहज ढंगले अघि बढाउन आपसी आशंकाहरूलाई विश्वासमा बदल्नुपर्छ,’ नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘अध्यक्षहरूले आ–आफ्ना भूमिकालाई कार्य विभाजन गरेर अघि बढ्दा पार्टी र सरकारले गति लिने अवस्था हुन्छ ।’ गजुरेल र उनीजस्ता पूर्वमाओवादी नेताहरू ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको कमान्ड दाहालले सम्हाल्न पाउनुपर्ने धारणा राख्छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ फागुन ७ मा एकता हुँदा नेतृत्व र सरकार आलोपालो चलाउने सहमति गरिएको थियो । उक्त सहमतिमा पार्टी बैठकहरूको आलोपालो अध्यक्षता गर्ने र एउटा अध्यक्षले आधा अवधि सरकारको नेतृत्व गरेपछि बाँकी कार्यकाल अर्कोलाई हस्तान्तरण गर्ने भन्ने थियो ।

तर विगत १५ महिनाको अवधिमा सचिवालय, स्थायी समितिका बैठक संयुक्त रूपमा दुई अध्यक्षले चलाए, आलोपालो भएन । साढे दुई वर्षपछि सत्ता हस्तान्तरण गर्ने सहमति कार्यान्वयन हुने हो कि नहुने हो, त्यसको टुंगो छैन । त्यसैले यो बीचमा पार्टीभित्रको भूमिकामा आफूलाई बढ्ता जिम्मेवारी दिनुपर्ने दाहालको चाहना देखिन्छ,

जसलाई ओलीले सिंगापुर जानुअघि सकारात्मक रूपमा ग्रहण गरेका थिए । ‘विश्वासको नयाँ वातावरण बनाएर जानुपर्छ । यसको वातावरण आगामी बैठकहरूबाट बन्दै जानु राम्रो हुन्छ,’ दाहालनिकट नेता गजुरेलले सांकेतिक रूपमा टिप्पणी गरे । पछिल्लो समय ओली केही बिरामी हुनुका साथै उनीविरुद्ध पार्टीको शीर्ष तहमै मोर्चाबन्दी भएको थियो ।

त्यो अवस्थामा उनले अध्यक्ष दाहाललाई पार्टीतर्फको अधिकार सुम्पेर नयाँ शिराबाट सहकार्य गर्न खोजेजस्तो देखिएको थियो । तर १५ दिने उपचारबाट फर्केपछि प्रधानमन्त्री पूर्ण तन्दुरुस्त भएको र उनले वि श्राम लिनुपर्ने अवस्था नआएको उनीनिकट नेताहरूले सन्देश प्रवाह गर्न थालेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न भन्दै

उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर नै गए । ओलीलाई पार्टीभित्रबाटै मनोबल थप्न उनीहरू सिंगापुर पुगेका थिए । त्यहाँबाट सँगै फर्केका महासचिव पौडेलले प्रधानमन्त्री ओली अब स्वस्थ रहेको र नियमित काम पूर्ण रूपमा गर्न सक्ने अवस्थामा भएको बताए । ‘पार्टीभित्रको एउटा औपचारिकताका लागि पनि अध्यक्ष बिरामी हुँदा भेट्न जानु हाम्रो कर्तव्य पनि हो ।

त्यसैले हामी सिंगापुर गएका हौं,’ महासचिव पौडेलले भने, ‘यसलाई अन्यथा रूपमा बुझ्नु पर्दैन ।’ पौडेलले सिंगापुरमा ओलीसँग शारीरिक स्वास्थ्यलाभको आदानप्रदान मात्र भएको दाबी गरे पनि नेकपाका अन्य नेताहरू त्यहाँ राजनीतिक स्वास्थ्यको हिसाबकिताब पनि भएको आशंका गर्छन् । अध्यक्ष दाहाललाई पार्टी सञ्चालनको पूर्ण अधिकार दिने विषयमा तत्कालीन एमालेको ओली पक्ष उदार छैन ।

एकता हुँदा संयुक्त अध्यक्ष रहने भन्ने सहमति भएकाले बीचैमा एकजना अध्यक्षलाई मात्र अधिकार हस्तान्तरण गर्नु जायज नहुने ओली पक्षको भनाइ छ । ‘सुरुमा आलोपालो भनिए पनि पछि संयुक्त अध्यक्षता गर्ने समझदारी भयो र त्यही समझदारीअनुसार पार्टी चलिरहेको छ,’ ओली पक्षधर एक नेताले भने, ‘पार्टीको महाधिवेशन नहुँदासम्म यसभन्दा फरक ढंगले जान सकिँदैन ।’

तत्कालीन एमालेमै हुँदादेखि ओलीको कार्यशैली ख्याल गरेका नेकपाका अन्य नेताहरू पनि दाहालले अहिले सहजै पार्टी अध्यक्षको पूर्ण अधिकार पाइहाल्छन् भन्ने विश्वास गर्दैनन् । ‘हाम्रा अध्यक्ष ओलीले आफूमा भएको शक्ति अरूमा दिनुभयो भने त्यो नयाँ कुरा हुनेछ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने ।

काम र जिम्मेवारीको उचित बाँडफाँट भएको अवस्थामा भने पार्टी सहज रूपमा चल्न सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । ‘अहिले नेकपाभित्रको जे चुनौती छन्, ती सामना गर्दा माथिदेखि तलसम्म संस्थागत रूपमा पार्टी र

नेताहरूको आ–आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तय हुनुपर्छ,’ नेता भुसालले भने, ‘यो दिशामा जाने गरी अध्यक्षबाट प्रस्ताव आयो भने स्वागतयोग्य हुन्छ । होइन भने फेरि पनि अल्मलिने, भागबन्डामै चलिराख्ने स्थिति हुन्छ ।’