Saturday, October 31For your kind information
Shadow

कमुनिस्ट नेताको घरमा १२ हजार किलो सुन भेटियो: बैंकमा ४१ खर्ब ४० अर्ब भएको खुलासा

१२ हजार सुन कहाँबाट आयो ? जनताको मेहेनतको फल देश बिकास नभएर उल्टै भ्रष्टचार । आजको विश्वमा चीन एक शक्तिशाली अर्थतन्त्र भएको देश हो । चीनले केही दशकमा गरेको विकासले विश्वलाई चकित बनाएको छ । चीनले भ्रष्टाचार विरुद्ध देखाएको साहसले विश्वलाई एक नयाँ पाठ सिकाएको छ । यो बीचमा चीनमा एक डरलाग्दो घटना बाहिर आएको छ ।

चीनको हेनान प्रान्तका एक प्रभावशाली कम्युनिस्ट नेताको घरबाट १२ हजार किलोभन्दा बढी अवैध सुन फेला परेको छ । ५८ वर्षको झाङ कीको घरबाट ५६ करोड ८ लाख अमेरिकी डलर बराबरको अवैध सुन फेला परेको जनाइएको छ । यस्तै उनको बैंक अकाउन्टमा ३६ अर्ब अमेरिकी डलर (४१ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) भन्दा बढी सम्पत्ति देखिएको छ । यो सबै पैसा उनले भ्रष्टाचार गरेर कमाएको आशंका गरिएको छ ।

उनलाई कम्युनिस्ट पार्टीबाट बर्खास्त गरिएको छ । यदी झाङको सम्पत्ति वैध भएको भए उनी चीनका धनाढ्य ज्याकमा भन्दा पनि धनी हुने थिए । फोर्ब्सका अनुसार ज्याक माको सम्पत्ति ३७ अर्ब अमेरिकी डलर रहेको छ ।