Tuesday, October 20For your kind information
Shadow

रेणु दाहाललाई मुखमा आएको बोलेर पक्राउ परे यी युवा: सामजिक सञ्जालमा कसैको चरीत्र हानी नगरौँ

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा लेख्ने एकजनालाई प्रहरीले पक्राउ परेकाे छ । मेयरविरुद्ध अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेसँगै प्रहरीले  ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको हाे।

अन्य आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । महानगरले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिएकाे थियो । शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजालका ।

प्रयोग कर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको हो ।