Saturday, October 24For your kind information
Shadow

काङ्ग्रेसको नेकपालाई गिराउने षड्यन्त्र : ज्ञानेन्द्रको पक्षमा लागेर नेकपामाथिको तयारि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । शाहीमाथिको आक्रमणलाई लिएर सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नसक्ने उल्लेख गरेका छन् ।

पौडेलले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा गलत छ । चाहे जनुसकुै बहानामा होस् कसैले कसैको पनि स्वतन्त्र रुपमा विचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन ।

कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस् ।’ शनिबार भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा ३ ख ८४५८ नम्बरको माइक्रोबसमा आक्रमण भएको हो ।

युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो । शाहीको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा पनि समस्या भएको बताइएको छ । शाहीलाई शनिबारनै चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपालगन्जमा भएको घटनालाई लिएर नेकपा कार्यकर्ता निकै रुष्ट देखिका छन् | सामाजिक संजाल र चोकचोकमा ज्ञानेन्द्र शाहीको नेकपाका कार्यकर्ताले बिरोध जनाएका छन् | यसभन्दा अगाडी ग्यनेद्रका कार्यक्रम समेत नेकपा कार्यकर्ताले भाँडभैलो पारेका थिए |