Saturday, October 31For your kind information
Shadow

यो ४ मिनेटको भिडियोले तपाईंको सात्तो उडाइदिनेछ : हेर्नुहोस हाम्रो पृथ्विको अन्त्य कसरी हुन्छ(भिडियो)

कुनै मान्छेहरुले भन्छन कि पृथ्विसगँ कुनै क्षुद्रग्रह आएर ठोक्किन्छ । र कोहिले भन्छन कि ब्ल्याक होलले पृथ्विलाई निलेर पृथ्विको अन्त्य हुन्छ । यी कुरा हुने बेलासम्म विज्ञानले कुनै न कुनै विकल्प निकालिसकेको हुनेछ । तर, एउटा यस्तो घटना छ जो भएरै छोड्छ र हाम्रो धर्तिको अन्त्य भएरै छोड्छ ।

पृथ्विको अन्त्य वास्तवमा सुर्यको अन्त्य सगैँ हुनेवाला छ । जबसम्म सुर्य रहन्छ तबसम्म हाम्रो पृथ्वी रहनेछ । के तपाईंलाई थाहा छ कि हामिले आकशमा देख्ने ताराहरुको पनि जन्म र मृ*त्युु हुन्छ? सुर्य पनि आखिर एउटा तारा नै हो । यहि कारणले सुर्य पनि मर्ने कुरा निस्चित छ ।

पृथ्विको अन्त्य बुझ्न अगाडि तपाईहरुले कुनै एउटा तारा कसरि मर्छ भन्ने कुरा जानिराख्न पर्ने छ । भिडियोबाटै पृथ्विको अन्त्य बुझ्न चाहानुहुन्छ भने सिधै तल सार्नुहोला । जुनसुकै तारामा हाइड्रोजन हुन्छ । यहि हाइड्रोजन मिलेर हिलियमको परमाणु बनाउँछ अनि ताराले तापको शक्ति प्रदान गर्छ ।

हिलियम पनि एक आपसमा मिलेर कार्बन बनाउँछ । यस्तो प्रक्रियामा अन्तिममा तारामा फलाम बन्न थाल्छ । ताराको शक्ति त्यतिबेला सम्म मात्र हुन्छ जब सम्म त्याहा रहेको हाइड्रोजन सक्किँदैन । हाइड्रोजन सक्किएपछी ताराको आकार सानो हुन्छ अनि अन्तिममा एउटा ठूलो विस्फोट हुन्छ जसलाई हामी सुपरनोभा भन्ने गर्छौँ ।

तर सुर्य सुपरनोभाबाट सुर्य मर्दैन किनकी सुपरनोभा हुनकालागी कुनै पनि ताराको तौल सुर्यको भन्दा ८ देखि १२ गुणा धेरै हुनपर्छ । त्यसैले सुर्यले रेड जाएन्ट बनेर सबै ग्रहलाई निल्न थाल्छ । यो डरलाग्दो घटना सुन्दा मात्र पनि मुटु कापेर आउँछ । सबैलाई जिवन दिएको पृथ्विको मृ*त्यु कसरी हुन गैरहेको छ जान्नका लागि भिडियो पुरै हेर्नुहोला । सब्स्क्राइब र सियर गर्न नभुल्नुहोला ।