Tuesday, October 20For your kind information
Shadow

अस्पतालकै लापरबाहीका कारण बुद्ध लामाले संसार छोडे: ” म बाँच्न चाहान्छु ” भनेको अन्तिम शब्द हेर्नुहोस भिडियो

गत जेठ महिनासम्म बुद्ध अरु बाल बालिका जस्तै पढ्दै थिए, खेल्दै थिए अनि रमाउँदै थिए । यस्ता राम्रा बुद्धको जीवन जेठ महिनामा घटेको एक घटनाले नर्किय बनायो । साईकल दुर्घटनापछि हस्पिटलमा भर्ना भएका बुद्ध परिवारको भनाई अनुसार डाक्टरहरुको गलत उपचारका कारण यो यस्तो दिन आयो । बुद्ध अब हामी माझ रहेनन ।

बुद्धको आमाले सानैमा उनलाई छोडेर अन्तै घरबार बसाईन् । बुवा आफै रोगी छन् । फुपु सबिनाले बुद्धलाई आमाको माया र स्याहार दिएकी थिइन । परिवारको एक्लो छोरो बुद्धले हस्पिटलबाटै फुपु म संसार छोड्न लागें, अन्तिम पटक मेरो अनुहार हेर्न आउनु भनेर बोलाएपछि फुपु सबिना बिराटनगरको हस्पिटलमा पुगेकी थिईन् ।

बुद्धको लागि आमाको माया र स्याहार दिने फुपु सबिनालाई हाम्रो ठुलो सम्मान, जस्ले ऋण लिएरै भएपनि आफ्नो भदाको उपचार गराएकी थिइन । यसै क्रममा हामी बुद्धको भिडियो बनाउनकोलागि सहयोग उठाउँन सजिलो होस भनेर गएका थियोउ बुद्ध भन्दै थिए, सबै नेपालीहरुले मलाई सहयोग गर्नुहोला म बांच्न चाहन्छु । भिडियो हेर्न तल थिच्नुहोला ।