Saturday, October 24For your kind information
Shadow

केकि अधिकारी चडेको गाडिको दुर्घटना: यस्तो छ उनको अवस्था

काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको गाडी दुर्घटनाग्रस्त भएको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो ।

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए ।

उनको स्टाटसमा उनले यस्तो बताएकी छिन । “हिजो राती २ बजे तिर हामी छायांकनकालागी रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौँ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाका लागि धेरै धन्यवाद।”