Tuesday, October 20For your kind information
Shadow

रबि लामिछानेसहित अरु ३ जनाको आज एकैदिनमा पहिलो तारिक: पुरै पढ्नुहोस

चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीको पहिलो पटक साक्षी तारेखका लागि आज असोज ५ गते बोलाएको छ । आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि पहिलो पटक वोलाएको हो ।

चितवन जिल्ला अदालतले रबि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख रुपैयाँ लिएर छाड्न आदेश दिएको थियो । सँगैका अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।