Tuesday, October 27For your kind information
Shadow

फेला परे भगवान रामका वंशज: यस्ता रहेका छन भगवान रामका सन्तानहरु (प्रमाण सहित)

अयोध्याको विवादबारे अहिले भारतको सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ । ९ अगष्ट मा अदालतले रामललाका वकिलसँग रामको कुनै वंशज अयोध्यामा छ कि छैन ? भनी प्रश्न गरेका थिए । तर, अयोध्याको राजपरिवारले भने आफूहरु भगवान रामका छोरा कुशको सन्तान रहेको दाबी गरेका छन् । यो कुरा इतिहासमा पनि उल्लेख छ । पूर्वराजकुमारी दीयाकुमारीले यसको केही प्रमाण पनि दिएकी छिन् । उनले दिएको प्रमाणमा रामको २ सय ८९ औं वंशज जयसिंह र ३ सय ७ औं वंशजको रुपमा महाराजा भावानी सिंहको नाम रहेको छ । दीयाकुमारीले दिएका प्रमाण–

१. जयपुरका महाराजा सवाई जयसिंह भगवान रामका छोरा कुशका २ सय ८९ औं वंशज हुन् ।

२. ९ दस्तावेज, २ नक्शाले अयोध्याका जयसिंहपुरा रामको जन्मस्थान सवाई जयसिंह द्वितीयको अधीनमा थिए ।

३. सन् १७७६को एक निर्देशनमा जयसिंहपुराको भूमि कुशुवाहको अधिकारमा रहेको उल्लेख छ । सिटी प्यालेसका ओएसडी रामू रामदेवका अनुसार कुशुवाह वंशका भगवान रामका छोरा कुशको नामबाट कुशवाहा वंश मानिँदै आएको हो ।

यसको वंशावली अनुसार ६२ औं वंशज दशरथ, ६३ औं वंश श्रीराम र ६४ औं वंश कुश थिए । जयसिंहले सन् १७१७ मा अयोध्यामा मन्दिर पनि बनाएका थिए । जयपुर राजघरानाकी पूर्व राजमाता पद्मिनी देवीले राम मन्दिरको समस्या तत्काल समाधान हुनुपर्ने बताएकी छिन् ।