Sunday, October 25For your kind information
Shadow

विदेशि जिवन त्यागेर कृषि रोजेकै भरमा अहिले लखपती छन: छोटो समयमै यत्रो सफलताको कहानी अवस्य पढ्नुहोस

विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो, बाग्लुङ्गका विष्णु थापाले आफ्नो नमिठो विगत बताए ।
गलकोट नगरपालिका ७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो । स्नातकको पढाइ बीचमै छाडेर भाषा पढ्न थाले । कोरियाको सपना टुट्यो । मन जापानतिर गयो । “जापानका लागि प्रयास गरेँ, काम भएन, पैसा पनि गयो”, उनले भने, “केही नलागेपछि दुई वर्ष दिल्लीमै बसेर भाँडा माझेँ, त्यसपछि घर फर्के ।”

सित्तैमा कसैले लान्छु भने पनि विदेश नजाने निर्णय लिएर थापा विसं २०६८ मा घर फर्किए। उनी विदेशको सपना त्यागेर गाउँ फर्कदाँ छिमेक र टोलका युवाहरु भने कोही जापान त कोही अरबतिर भविष्य खोज्दै थिए । आफूसँग बचेको रु ६ हजारबाट बाख्रापालन शुरु गरे । दुईटा बाख्राबाट शुरु गरेको व्यवसाय अहिले ‘घुम्टे बाख्रापालन फार्म’ मा परिणत भएको छ । फार्ममा अहिले स्थानीय खरी, बोयर र जमुनापारि जातका गरी ६० बाख्रा छन् । फार्ममा उत्पादन भएका खसीबोका चलेको मूल्यमा स्थानीय बजारमै बिक्री हुन्छन् ।

खर्च कटाएर बाख्रापालनबाट वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको थापा बताउँछन् । उनलाई बाख्रापालन व्यवसायमा श्रीमती रीताको सहयोग र साथ छ । गत वर्ष मलेसियाबाट फर्किएका निसीखोला गाउँपालिका–३ झिवाखोलाका राजमान बुढा पनि विदेशको रहर पुरा भएको बताउँछन् । प्रदेशी भूमिमा भोकनिद केही नभनी पसिना बगाउने बुढा अहिले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य देखिरहेका छन् । तीन वर्ष बहराइन र दुई वर्ष मलेसियामा काम गर्दाका कष्टपूर्ण क्षण भने उनको सम्झनामा ताजै छन् ।

“घरमा किराना व्यवसाय छ, तरकारी खेती गरेको छु, विदेशको जति कमाइ यहीँ छ”, उनले भने । धन कमाउने आशामा खाडीमुलुक चहार्नुभएका बुढा आखिरीमा घर फर्केर कृषिको व्यावसायीकरणतर्फ लागे । विदेशबाट फर्केर झिवाखोलामा कृषि कर्म गर्नेमा बुढा एक्लो हैनन् । बुढालाई कृषिमा साथ दिएका छन् सोही ठाउँका विमल शाहीले । कृषिबाटै आत्मनिर्भर बन्ने उद्देश्यसहित तीनै युवा व्यावसायिक कृषिमा लागेका हुन् । “मौसमअनुसारको तरकारी उत्पादन भइरहेको छ, बजारलाई कुनै समस्या छैन”, शाहीले भने, “आम्दानी पनि राम्रै छ, लगानी थप्ने योजनामा छौँ ।”

शुरुमा तरकारी खेतीका लागि रु चार लाख लगानी भएको उनको भनाइ छ । पाँच वर्षे कोरिया बसाइँ छोट्याएर बीचमै नेपाल फर्किएका जैमिनी नगरपालिका–१ कुश्मीसेराका भीमप्रसाद आचार्य पनि हिजोआज बाख्राको स्यहारसुसारमा व्यस्त छन्। आचार्यको फार्ममा अहिले २८ वटा स्थानीय खरी जातका बाख्रा छन् । तीन वर्षअघि कोरियाबाट फर्किएका आचार्य व्यावसायिक बाख्रापालनतिर लागेका हुन् । बाख्रासँगै कुखुरापालन र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने उनको योजना छ । “

विगत १७ वर्ष प्रवासमा बिताएका गलकोट नगरपालिका–११ रिघाका जीतबहादुर रानामगरले पनि स्वदेश फर्केपछि कृषि रोजे । स्थानीय रामप्रसाद पुन र शेरबहादुर श्रीससँग मिलेर आठ वर्षअघि खोलेको ‘मिलिजुली कृषि फार्म’बाट अहिले वार्षिक रु २० लाखभन्दा बढीको तरकारी उत्पादन भइरहेको छ । करीब १४ रोपनी जग्गामा तरकारी खेती भइरहेको रानामगरको भनाइ छ ।