Friday, October 30For your kind information
Shadow

दुई तिहाइको सरकारको काम यस्तो फितलो किन? पुरै पढ्नुहोस

जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको भनाई– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै भयो।’

त्यसैगरि समीक्षा नागरिक समाजका अगुवा सुबोधराज प्याकुरेलको पनि छ– ‘संविधानले नागरिक सर्वोच्चता दिए पनि व्यवहारमा प्रशासनिक सर्वोच्चता छ, सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना जनप्रतिधिमार्फत त्यस्तो अधिकार प्रयोग गर्ने व्यवस्था रहे पनि व्यवहारमा प्रशासन अवरोधकारी शक्तिका रूपमा उभिएको छ।’ नेपालको संविधान–२०७२ ले लोकतान्त्रिक आधुनिक नेपालको परिकल्पना गरेको छ, तर नेपाली नेता र प्रशासकमा सामन्ती चिन्तन अझै कायम छ।

जनताको सेवक हुँ भन्नेभन्दा पनि शासक हुँ भन्ने मानसिकताका साथ नेता र प्रशासकहरू व्यवहार गरिरहेका छन्। नागरिक समाजको चेतनास्तर भने संविधानले परिकल्पना गरेको नीतिका साथ अग्रगमनमा छ, तर नेता–प्रशासकको व्यवहार भने प्रतिगमन उन्मुख लाग्छ।

मिडिया तथा प्रेससँग सम्बन्धित विभिन्न नीतिगत संरचना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका र हाल प्रशासकीय अदालतका अध्यक्ष रहेका दाहाल भन्छन्– ‘संविधानअनुसार ऐन बन्नु, त्यसका आधारमा नीति बनाएर कार्यान्वयनमा जानु र आवधिक अनुगमनको विधि अपनाएर समीक्षा र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक छ।’