Monday, October 26For your kind information
Shadow

प्रेमिका भेट्न जाँदा जिउँदै जल्नु पर्यो: सबैले पढ्नै पर्ने एउटा अभागी प्रेम कहानि

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा २२ वर्षीय एक दलित युवकलाई जिउँदै जलाइएको छ। कथित माथिल्लो जातकी युवतीसँग प्रेम सम्बन्धमा रहेका ती युवकलाई बाँधेर जिउँदै जलाइएर ह*त्या गरिएको हो। भारतीय सञ्चार माध्यमकाअनुसार मोनु नाम गरेका ती युवकलाई छिमेकमै काका काकीसँग बस्ने गुप्ता थरकी २१ वर्षीया युवतीसँग प्रेम सम्बन्धमा थिए।

लखनउको एक अस्पतालमा उपचाररत आमाको लागि पैसा लिन घर गएका युवक छिमेकमै रहने प्रेमीका भेटन पुगेका थिए। युवतीलाई भेट्न पुगेका युवकलाई युवतीका परिवारसहितले कुटपिट गरेका थिए। मरणासन्न कुटपिटपछि पेट्रोल छर्केर आगो लगाएको समाचारमा जनाइएको छ। चिच्याएको सुनेपछि छिमेकी पुगेका थिए। घाइते अवस्थाका ती युवकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृ*त्यु भएको हो ।