Sunday, October 25For your kind information
Shadow

भावुक हुँदै बोले राजेश हमाल, कहिलेकाहिँ भगवान पनि गलत हुँदा रहेछन: राजेश पायल राईको दुखमा साथ दिए (भिडियो)

गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आगलागी हुँदा राई भने नेपालमै थिएनन् । उनी साङ्गितिक कार्यक्रमका लागि युकेमा छन् । उनले अहिले सम्म सांगितिक क्षेत्रमा लागेर पाएको प्रशंसा, अवार्ड र सम्मान पत्रहरु काठमाडौं स्थित घरमा खरानी भएका छन् । परिवारका सदस्यहरुवाट आफ्नो सबै आर्जन जलेको युकेमै थाहा पाएका राईले आफुलाई अप्ठ्यारो अवस्थामा साथ दिएकाहरुलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनले फेसवुकमा लेखेका छन्, यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी अवस्थामा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती यहाँ बाटै हार्दिक नमन ।

एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस । म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे हुँ । के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ ।

आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् । उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । राजेश पायल राईको इतिहास जलेर खरानी भएपछि महानायक राजेश हमाल पनि बोले । उनले भने कहिलेकाहीँ त भगवान पनि गलत हुँदा रहेछन । पुरै भिडियो हेर्न तल थिच्नुहोस । प्रतिक्रिया दिन नबिर्सिनुहोला ।